कोरोना संक्रमण: एकैदिन १० जनामा पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे

काठमाडौं । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

आज (आइतबार) को नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् जो ७ देखि ५८ वर्ष उमेरका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको