काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । संक्रमितको संख्या ३१ हजार ३ सय ४२ पुगेको छ ।
विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ २ हजार ९९२ जनाले ज्यान गुमाएका छन् भने १ लाख १४ हजार ६५० बढी संक्रमित छन् ।
एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९२ हजार ५ सय बढी संक्रमित रहेका छन् भने ५ हजार ८७७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।