
एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले विश्वमा अहिलेसम्म १ लाख ९६ हजार ९८१ जनाको मृत्यु भएको छ ।त्यस्तै संक्रमितको संख्या २८ लाख २६ हजार ८४७ पुगेको छ । जसमध्ये ७ लाख ९८ हजार २९६ जना उपचारपछि निको भएका छन । अहिलेसम्म विश्वका विभिन्न अस्पतालहरुमा १८ लाख ३१ हजार ५७१ जनाको उपचार भैरहेकोमा ५८ हजार ५२७ जनाको अवस्था चिन्ताजनक रहेको छ । कोरोनाले सबै भन्दा बढी क्षति पुर्याएको मुलुक अमेरिकामा यो समाचार तयार पार्दासम्म ५२ हजार ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख २३ हजार ६३४ पुगेको छ ।
त्यस्तै ईटालीमा २५ हजार ९६९ जनाको मृत्यु भएको छ भने १ लाख ९२ हजार ९९४ जना संक्रमित भएका छन ।
त्यसैगरि स्पेनमा २२ हजार ५२४ जनाको मृत्यु भएको छ भने २ लाख १९ हजार ७६४ जना संक्रमित भएका छन ।
फ्रान्समा २२ हजार २४५ जनाको मृत्यु भएको छ भने १ लाख ५९ हजार ८२८ जना संक्रमित भएका छन ।
नेपालसंग खुला सिमाना जोडिएको छिमेकी मुलुक भारतमा अहिलेसम्म कोरोनाका कारण ७८० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २४ हजार ४४७ पुगेको छ ।