कोरोना भाइरस: अमेरिकामा ४५ हजारको मृत्यु, भारतमा पनि  ६सय ४५ जनाले ज्यान गुमाए

एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म विश्वमा कोभिड–१९ बाट एक लाख ७७ हजार दुई सयजनाको मृत्यु भएको छ । यस्तै विश्वमा संक्रमितको संख्या २५ लाख ६१ हजार भन्दा बढी पुगेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४५ हजार पुगेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ८ लाख २४ हजार भन्दा बढी रहेको छ । इटालीमा २४ हजार ६४८ जनाको ज्यान गएको छ भने एक लाख ८३ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

 भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले संक्रमण रोकथामका लागि लकडाउन गरेको छ । लकडाउन एक महिना पुग्न लागेको छ । तर पति संक्रमित संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ ।

भारतले धेरै मानिसलाई मृत्यु हुनबाट भने बचाएको तथ्यांकबाट देखिन्छ । बितेको २४ घन्टामा संक्रमित संख्या १५ सयले वृद्धि भएको छ । मृतक संख्या ५० भन्दा बढी वृद्धि भएको छ ।

दक्षिण एशियामा भारतपछि पाकिस्तानमा साँढे ९ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ भारतको भन्दा बढी ६७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । बँगलादेशमा ३३ सय, अफगानिस्तानमा १ हजार, श्रीलंकामा ३१०, मालदिभ्समा ८३, नेपालमा ४२ र भुटानमा ६ जना संक्रमित भइसकेका छन् ।-

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको