चितवन। कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ४८६ जनाले ज्यान गुमाएका छन् भने १४३५२ जना संक्रमित भएका छन् । भारतमा कुल संक्रमितमध्ये २०४१ जना उपचारपछि निको भएका छन् । बाँकी ११८२५ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ । पछिल्ला तथ्यहरूका अनुसार भारतमा महामारी नियन्त्रणका प्रयास प्रभावकारी नहुने हो भने यसले इटली र स्पेनकै जस्तो भयावह अवस्था निम्त्याउने त्यहाँका जनस्वास्थ्य विज्ञहरूले बताउँदैन आएका छन् ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer