कोरोना भाइरस संक्रमण तिब्र बनेसँगै जापानमा संकटकाल घोषणा

काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले सिंगो मुलुकमा संकटकालको घोषणा गर्नु भएको छ । यसअघि अप्रिल ७ मा राजधानी टोकियो सहितका ७ सहरमा १ महिनासम्म संकटकालको घोषणा आबेले गर्नु भएको थियो ।

जापानका कोरोना भाइरस सक्रमण तिब्र बनेसँगै प्रधानमन्त्रीबाट यस्तो घोषणा आएको हो । कोरोना भाइरस महामारी र यसको रोकथाम बारे छलफल गर्न आबेले देशका स्वास्थ्य विज्ञहरुसँग विशेष बैठकको आवहान गर्नु भएको छ ।

यसैबीच, दक्षिण कोरियामा निको भएर घर फर्केका १ सय ४१ जनामा पुनः कोरोना भाइरस देखिएको छ । दक्षिण कोरिायको रोक नियन्त्रण तथा रोकथाम केन्द्रले के कारणले ती मानिसमा पुनः कोरोना देखियो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको