
भारत, ४ बैशाख । भारतमा कोरोना भाइरस अर्थात कोभिड –१९ को संक्रमण तीव्र गतिमा बढ्दै गएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतका ६ वटा ठूला शहरहरुलाई ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको जनाइएको छ ।
दिल्ली र मुम्बईसहित भारतका छ वटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको बीबीसीमा उल्लेख छ।सरकारले देशलाई सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गहरु रोतो, सुन्तला र हरियोले संकेत गरेको हो।

कोरोना भाइरसको धेरै सङ्क्रमण फैलिएको स्थानलाई रोतो, केही सङ्क्रमण भएको क्षेत्रलाई सुन्तला रङ्गले र सङ्क्रमण नभएको क्षेत्रलाई हरियो रङ्गले सङ्केत गरिएको बताइएको छ । भारतका कुल १७० वटा जिल्ला कोरोना भाइरसको संक्रमण धेरै भएको अर्थात ‘रेड जोन’ मा परेका छन्।
भारत सरकार कोरोनाको खतरनाक क्षेत्रमा परेकोलाई घटाउन लागिपरेको छ । उक्त क्षत्रहरुमा सङ्क्रमितको सङ्ख्या घटाएर ग्रीन अथवा हरियो जोनमा ल्याने प्रयास भइरहेको जनइएको छ ।