भारतमा दैनिक बढदो छ कोरोना सङ्क्रमण: ४ सय २३ जनाले गुमाए ज्यान

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२३ पुगेको छ भने संक्रमितको संख्या १२ हजार ४ सय ५६पुगेको छ ।

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितमध्ये १० हजार ५ सय २० केस सक्रिय छ भने १ हजार ५ सय१३ जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएको भारतीय सञ्चार माध्यम दैनिक जागरणले उल्लेख गरेको छ ।

दिल्ली र तमिलनाडु राज्यमा कोरोना भाइरसको संक्रमणको केस बढिरहेको छ । महाराष्ट्रमा मात्रै संक्रमित मानिसको आँकडा २९१६ पुगेको छ भने १८७ मानिसको मृत्यु भइसकेको छ । यद्यपी २९५ मानिसहरु निको भइसकेका छन् ।

दिल्लीमा पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । त्यहाँ अहिलेसम्म १५७८ जनामा कोरोना संक्रमण देखिएको छ भने ३२ जनाको मृत्यु भइसकेको छ ।

यता राजस्थान र तमिलनाडु मा पनि संक्रमितको संख्या १ हजार बढी पुगिसकेको छ । राजस्थानमा १०२३ जना कोरोना संक्रमित भइसकेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । तमिलनाडुमा संक्रमितको आँकडा १२४२ जना पुगेको छ । त्यसमध्ये ११८ जना मानिसहरु उपचारपछि निको भइसकेका छन् भने १४ जनाको मृत्यु भएको छ ।

विश्वभर कोभिड–१९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दो छ । खासगरी अमेरिका, स्पेन, इटालीमा कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोनाले सबैभन्दा बढि क्षति अमेरिकालाई पुर्याएको छ । चार महिना अघि तीनको वुहानबाट शुरु भएको कोभिड–१९ अहिले विश्वका २१० देशमा फैलिइसकेको छ । कोरोना नियन्त्रणका लागि विश्वब्यापी रुपमा भइरहेका प्रयासहरु असफल भइरहेका छन् ।

कोरोनाको महामारी रोक्न सामाजिक दुरी कायम गर्ने एक मात्र विकल्प रहेपछि विश्वभर लकडाउन गरिएको छ । कतिपय विकसित देशहरु अमेरिका, अस्ट्रेलिया, जर्मन, इटाली जस्ता देशहरुले कोरोना नियन्त्रणमा शुरुका दिनमा हेल चेक्र्याई गरेपनि अहिले सतर्क भएर काम गरिरहेका छन् । पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९५९ पुगेको छ । २४ घण्टामा ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६०३ पुगेको छ । २० लाख ८२ हजार ३७२ कोरोना संक्रमित छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३७ हजार ७६६ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार १६० को अवस्था गम्भीर रहेको जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको