अमेरिकामा कोरोनाको उपचार नपाएर एक नेपालीको मृत्यु

न्यूयोर्क, बैशाख ४ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिगत ३ हप्तादेदि बिरामी पर्नुभएका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुग्नुभएको थियो । तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेपछि उपचार नपाएर मृत्यु भएको हो । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउनु हुन्थ्यो । उहाँ नेपाल प्रहरीको असई हुनुहुन्थ्यो ।

खसोखास डटकमका अनुसार पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सुचना लिएर केही समयपछि मृत्युदर्ता लिन आउनु भनेको जानकारी दिनुभएको छ । ‘पवनभाई र मेरो परिवार केही समय अपार्टमेन्ट सेयरिङ गरेर बस्यौं, साहै्र दुखद भयो, भाईको आत्माले शान्ति पाओस,’ पद्यमाले भन्नुभयो।

हालसम्म अमेरिकामा सात जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हाराहारीमा रहेको बताइन्छ । मृतकमध्ये चार जनाको पुष्टि गरिएको छ भने अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा गैरआवासीय नेपालीहरुको बाक्लो बस्ती रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको