
काठमाडौं, चैत २९ । भारतीय मिडियाले नेपालबिरुद्ध अश्त्रको रुपमा प्रचार गरिरहेका कोरोना भाइरस संदिग्ध नेपाल हुँदै भारत छिर्ने गरेको र एक नेपाली जनप्रतिनिधिले कोरोना संक्रमित पठाएको भन्ने समाचार झुटो सावित भएको छ । बिहारका प्रहरी महानिर्देशक (डिजीपी) गुप्तेश्वर पान्डेयले भारतीय मिडियामा आएको सो समाचार झुटो रहेको तथ्य खोल्नुभएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को एउटा पत्रलाई आधार बनाउँदै भारतीय मिडियाले पर्साका जालिम मुखियालगयातले कोरोना संक्रमितलाई आफ्नो देशमा पठाउने गरेको भन्दै अफवाह फैलाइरहेका थिए । डिजिपी पान्डेयले भारतीय मिडियामा आएको सो समाचार झुटो रहेको प्रष्ट पार्नुभयो । ‘नेपालबाट कोरोना संदिग्ध छिर्छन् भन्ने विषयमा सत्यता छैन,’ डिजीपी पान्डेयले भन्नुभएको छ । डिजीपी पान्डेयले सीमाहरु बन्द रहेको अवस्थामा आएको यो चर्चामा सत्यता नभएको र कुनै प्रमाणसमेत नरहेको बताउनु भयो ।
अवैध हतियार र लागु औषध तस्करीमा मुखियाको संलग्नता रहेको उल्लेख गर्दै भारतीय मिडियाले कोरोना भाइरस जस्तो ठूलो विषयमा झूठा समाचार संप्रेषण गरिरहेका छन् । उनीहरुले नेपालबिरुद्ध अफवाह फैलाएपछि नेपालमा चर्काे बिरोध भएको छ ।