
काठमाडौं । छिमेकी मुलुक भारतमा गत २४ घण्टामा चार सय ७२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले आइतबार बेलुकी पत्रकार सम्मेलनका क्रममा पछिल्ला २४ घण्टामा चार सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनले २४ घण्टाको अवधिमा ११ जना संक्रमितको मृत्यु भएकोसमेत पुष्टि गरे ।
सचिव लव कुमारका अनुसार तबलिगी जमातका कारण बढेका संक्रमणका मामिला पछिको आंकडा हेर्दा लगभग चार दिनमा संक्रमण दुई गुना बढेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ ।
तबलिगी जमातले भेला आयोजना नगरेको भए संक्रमणका मामिला ७.४ दिनमा यो संख्यामा पुग्ने उनको भनाइ थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतका दुई सय ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको बीबीसीले जनाएको छ ।