अमेरिकामा कोरोना संक्रमित संख्या दुई लाख १५ हजार, ५ हजार ९९को मृत्यु
एजेन्सी, २० चैत्र । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले कोरोना भाइरसको संक्रमित संख्यामा सबैलाई उछिनिसकेको छ। संक्रमित संख्यामा दोस्रो स्थानमा रहेको इटालीभन्दा अमेरिकामा झण्डै दोब्बर बढी संक्रमित भइसकेका छन् ।पछिल्लो तथ्यांक अनुसार २ लाख १४ हजार ८ सय ३६ जना संक्रमित भइसकेका छन् । मृतकको संख्या ५ हजार ९९ पुगेको छ ।

अमेरिकामा २ लाख २० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने प्रक्षेपण गरेको भोलिपल्ट नै संक्रमित संख्यामा व्यापक वृद्धि भएको हो । ह्वाइट हाउसले नै दुई लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको हो ।

अमेरिकाको न्युयोर्कमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । वार्षिक साँढे सात करोड पर्यटक पुग्ने न्युयोर्क सबैभन्दा मारमा परेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको