
चितवन। भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
बुधबारसम्म कोरोनाको संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म १६५० जनामा संक्रमण देखिएको छ।
तीमध्ये १४७३ बिरामीहरू अझै उपचाररत रहेको द हिन्दुले जनाएको छ।
सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा रहेका छन् भने त्यहाँ ११ जनाले ज्यान गुमाएका छन्।
उता पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। भारतको तुलनामा पाकिस्तानमा मृत्यु हुनेको संख्या कम रहे पनि संक्रमितको संख्या भने बढी छ।