कोरोना संक्रमण: भारतमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, १४ सय संक्रमित

 काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको हो ।

भारतीय अधिकारीहरुले अहिलेसम्म कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको पुष्टि गरे । त्यस्तै मंगलबार थप १ सय ४६ जना संक्रमित भेटिएका थिए । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १४ सय पुगेको छ ।

फेब्रुअरी १५ मा पहिलोपटक कोरोना भाइरस देखिएको भारतमा मार्च ३३ देखि तीव्रगतिमा फैलिरहेको छ । पछिल्लो एक हप्तामा हजार बढी संक्रमित भेटिएका छन् । सबैभन्दा बढी महाराष्ट्र, केरल, युपी, दिल्ली र कर्नाटक प्रभावित बनेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको