अमेरिकामा पनि घरमै बस्ने आदेश, उल्लङ्घन गरे ५ हजार डलर जरिवाना र ९० दिन कारागार

वाशिंगटन । कोरोना भाइरसको व्यापक सक्रमणको कारण डिसीमा पनि घरमै बस्ने आदेश दिइएको छ । अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत मेरिल्याण्ड र भर्जिनिया राज्यले घरमै बस्ने घोषणा गरे पछि वाशिंगटन डिसी महानगरले पनि घरमै बस्न आदेश जारी गरेको छ ।

डिसीका नगर प्रमुख म्युरिएल बाउजरले सोमबार घरमै बस्न आदेश एक वक्तब्य मार्फत घोषणा गरेकी हुन् । डिसी कि नगर प्रमुख बाउजरले आवश्यक क्रियाकलाप बाहेक घरमै बस्न आदेश जारी गरेकी हुन् ।

आगामी अप्रिल २४ सम्म रहने छ । आदेशको उल्लङ्घन गर्नेलाई ५ हजार डलर सम्म जरिवाना गरिने को साथै ९० दिनको कारागारको सजाय हुने छ ।

डिसीका बासिन्दाहरूले केवल उनीहरूले घर निम्न कारण मात्र छोड्न सक्नेछन् ।

टेलहेल्थ (दूर स्वास्थ्य )मार्फत प्रदान गर्न नसकिने चिकित्सा हेरचाह ,खाद्य र आवश्यक घरेलु सामानहरू प्राप्त गर्ने जस्ता आवश्यक गतिविधिहरूमा संलग्न;
आवश्यक सरकारी कार्यहरू गर्न ,आवश्यक व्यवसायहरूमा काम गर्न ,आवश्यक यात्रामा संलग्न; वा अनुमतियोग्य मनोरन्जन गतिविधिहरूमा संलग्न हुन् सक्ने छन् ।

सोमबार साँझ सम्म डिसीमा ९ जनाको मृत्यु भएको छ भने ४ सय ९५ जना संक्रमित छन । डिसीमा बिद्यालयहरु अप्रिल २४ सम्मका लागि बन्द छन् । यसै गरि डिसीका मध्यशाला तथा चमेनागृह पहिले देखि नै बन्द र सामाजिक दूरीको मार्गदर्शन जारी गरेको र लागू यथावत छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको