चीनको बुहानमा लकडाउन हट्यो, खुशियाली मनाइँदै

एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाईरसले विश्वका २ सय मुलुकमा माहामारी मच्चाएको छ । विश्वभर अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या ७ लाख ८५ हजार नाघेको छ । तर कोरोनाको उद्गमस्थल चीनको बुहानमा भने कोरोनाको आतंक समाप्त भएको छ ।

त्यहाँ लगाइएको लकडाउनको प्रतिबन्ध फुकुवा गरिएको छ । कोरोनामाथी विजय प्राप्त गर्न सकिएको भन्दै सर्वसाधारणले खुसीयाली मनाएका छन । भोजभतेरको क्रम पनि चलेको छ । कोरोना भाईरसको कारण मानिएका पशुपंछीका मासु खान सुरु गरिएको छ । बुहानमा अहिले चेमेरो, हाँस र सर्प विक्री गर्ने पसलहरु खुल्न थालेका छन ।

अन्तराष्ट्रिय समाचार पत्र डेली मेलका अनुसार कोरोनामाथी विजय प्राप्त गरेको खुसीयालीमा बुहानमा खरायो र हाँसको मासु खाएर पार्टी गरिएको छ । पार्टीका क्रममा सैयौं कुकुर, बिरालो, हाँस र खरायो काटिएका छन ।

कतिपय घरका छानाहरु रगतले रातै देखिएका छन । डेली मेलले जनाए अनुसार पार्टी चलिरहेका केही स्थान नजिक मृत जनावरका अवशेषहरु पनि भेटिएका छन । विश्वका वैज्ञानिक तथा विज्ञ चिकित्सकहरुले कोरोना भाईरसको संक्रमण चमेरो र सालकबाट सुरु भएको तर्क अघि सार्दै आईरहेका छन ।

यसका बावजुद बुहानमा तीन महिनापछि डुङ् डुङ् गन्ध आउने मासु बजार पुनः सञ्चालनमा आएको हो । चीनको बुहानस्थित गुईलिन क्षेत्र भित्र सुरक्षाकर्मीको तैनाथी यसअघि हुने थिएन तर अहिले तस्विर खिच्न रोक लगाउन चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ गरिएको डेली मेलले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको