नारायणगढको फोर्ब्स कलेजले शुरु गर्‍यो अनलाइन कक्षा

चितवन । विश्व भरिनै महामारीको रुप लिएको कोरोना भाइरसको कारण नेपालमा हाल लकडाउनको अवस्था छ । यस बेला सम्पुर्ण विध्यार्थीहरु घरमा नै रहेका छन। यस परिस्थितीमा विध्यार्थीहरुको लागि भरतपुर -२ , क्षेत्रपुर, नारायणगढमा रहेको फोर्ब्स कलेजले अनलाइन कक्षा सन्चालन गरेको कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो ।

अनलाइन कक्षाले गर्दा लकडाउनको अबस्थामा विध्यार्थीहरुले पढाईमा निरन्तरता पाउने छन भने लकडाउनको अबस्थामा घरमा नै रहि पढाइ मा व्यस्त हुँदा विध्यार्थीहरुलाइ कोरोना भाइरस बाट सुरक्षित रहन पनि सहयोग गर्ने प्राचार्य पाठकले बताउनु भयो ।

विषम परिस्थितीमा सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै आफू पनि सुरक्षित रहि अरुलाई पनि सुरक्षित रहन सहयोग गर्न सम्पुर्ण नेपालीहरुलाइ आव्हान गर्नु भयो । यस परिस्थितिमा मा सरकारलाइ जस्तो सुकै सहयोग गर्न कलेज तयार रहेको जानकारी गराउनु भयो। कलेजमा संचालित बि सि यस ( नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी ) का विध्यार्थीहरुलाइ जुम एप्लिकेसन , युटुव च्यानल तथा गूगल क्लासरुम जस्ता विभिन्न प्रबिधि प्रयोग गरि अनलाइन कक्षा सन्चालन तथा असाइन्मेन्ट दिने गरेको कलेजका एकेडेमीक डाइरेक्टर सुलभ अधिकारी ले जानकारी गराउनु भयो ।

कलेजमा संचालित बिएचम कार्यक्रमका विध्यार्थी हरुलाई पनि अनलाइन कक्षा , असाइन्मेन्ट , जानकारीमुलक विषय वस्तुहरु अनलाइन बाटनै दिएको कलेजका सहायक प्राचार्य दिवस मैनाली ले जानकारी गराउनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको