कोरोना भाइरस संक्रमित एकै दिन एक लाख नाघ्यो; संक्रमित ७२१४१२, मृतक ३३९५६
एजेन्सी, १७ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि भएको छ । यो वृद्धि अहिलेसम्मकै उच्च हो । आइतबार ६ लाख संक्रमित भएकोमा सोमबार ७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७ लाख २१ हजार ४ सय १२ छ । मृतक संख्या ३३ हजार ९ सय ५६ पुगेको छ ।

१ लाख ५१ हजार ४ जना निको भएका छन् । तर, संक्रमित र मृतकको संख्या झनै बढ्दैछ ।

विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ । त्यहाँ दिनप्रतिदिन मृतक र संक्रमितको संख्या बढिरहेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ । त्यहाँ १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा फैलिइरहेको छ । युरोपेली देशहरुले चीनलाई उछिन्न थालेका छन् ।

देश         संक्रमित
अमेरिका १४१८५४
इटाली ९७६८९
चीन ८१४३९
स्पेन ८०११०
जर्मनी ६२०९५
फ्रान्स ४०१७४
इरान ३८३०९
बेलायत १९५२२
स्वीटजरल्यान्ड १४८२९
नेदरल्यान्ड १०८६६
बेल्जियम १०८३६
स्रोतः वोल्डोमिटर

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको