विश्व स्वास्थ्य संगठन भन्छ: यो त सुरुवात मात्रै हो, विश्व अनिश्चित दिशामा जाँदैछ

काठमाडौं  : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीले विश्वको भविष्य अनिश्चित बन्दै गएको बताएको छ।

  विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरुवात मात्रै भएको भन्दै डब्ल्यूएचओले बेलैमा सतर्कता नअपनाए स्थिति भयावह बन्ने दिशातर्फ उन्मुख भएको चेतावनी दिएको हो।

डब्ल्यूएचओका आपतकालीन अवस्थासम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले जेनेभामा  पत्रकार सम्मेलनमा विश्वका धेरै देशमा यो महामारी चक्रको सुरुवात मात्रै भएको बताएका हुन्।

‘केही देश (चीन, सिंगापुर) यो महामारीको चक्रबाट गुज्रिएका छन्,’ उनले भने, ‘यी देशमा रोग पुनः नफैलियोस् भन्ने हाम्राे चाहना छ।’

तसर्थ सबै समयमै सजग रहनुपर्ने उनकाे सुझाव छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बिहानसम्म विश्वमा मृत्यु हुनेकाे संख्या 30 हजार नाघिसकेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लाे २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ३२ सय ६८ जनाको मृत्यु भएको हाे। यो संख्या एकै दिन मृत्यु भएको अहिलेसम्मकै ठूलो हाे।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर २७ हजार ३ सय ४३ पुगेको छ। यो तथ्यांक शनिबार बिहान पौने सात बजेसम्मको हो।

यसैगरी कोरोना भाइसबाट अहिलेसम्म ५ लाख ९६ हजार २१ संक्रमित भइसकेका छन्।

यस्ताे अवस्थामा संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पीपीई (सुरक्षा पोसाक) को अभाव गम्भीर बनेको पनि डब्ल्यूएचओले चेतावनी दिएकाे छ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्स, स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई उत्पादनका लागि शुक्रबार पुनः अपिल गरेका हुन्।

महानिर्देशक डा‍. गेब्रेयेसोसले कोभिड-१९ विरुद्ध जथाभावी औषधि प्रयोगमा पनि रोक लगाउन सुझाव दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको