काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कारोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दो छ । पछिल्लो समय अमेरिका, स्पेन र इटलीमा मृत्युदर ह्वात्तै बढेको छ ।
कोरोना भाइरसको संक्रमणबाट सवैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । बिश्व बैंकको तथ्यांकअनुसार कोरोना उदगमस्थल चीन तेस्रो नम्बरमा रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ । इटलीमा अहिलेसम्म ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ७ सय १२ जनाको ज्यान गएको छ भने स्पेनमा ७ सय १८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।
त्यसैगरी इरानमा २ हजार २ सय ३४ जना, फ्रान्समा १ हजार ६ सय ९६ जना, अमेरिकामा १ हजार २ सय ९३ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बेलायतमा ५ सय ७८ जना नेदरल्यान्ड्समा ४ सय ३४ जना, जर्मनीमा २ सय ६७ जना र बेल्जियममा २ सय २० जनाको मृत्यु भएको छ ।