कोरोना संक्रमणबाट इटालीमा ३७ जना डाक्टरको मृत्यु

चैत १४, काठमाडौं । विश्वभर महामाहरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट इटालीमा ३७ जना चिकित्सकको मृत्यु भएको छ । कोभिड-१९ को नयाँ इपिसेन्टर मानिएको इटालीको संघीय चिकित्सक संघले दिएको जानकारीअनुसार बिहीबार बेलुकासम्म ३७ जना चिकित्सकको मृत्यु भएको हो । इटालीका चिकित्सकहरु  निकै कठिन परिस्थितिसँग सामना गरिरहेका छन् । संक्रमितको संख्या रोकिएको छैन भने संक्रमण झन बढेसँगै इटालीको अवस्था भयावह बनेको छ ।

इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । इटालीपछि सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको स्पेनमा बिहीबार साँझसम्म ४ हजार ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६ सय ६५ जनाको मृत्यु भएको छ । बुधबारभन्दा बिहीबार मृतकको संख्या केही घटे पनि अवस्था भयावह नै छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको