चितवन । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित नेपाली युवतीसँग आएका चितवनका ६ मध्ये ४ जना सम्पर्कमा आएका छन् । प्रहरीले नाम सार्वजनिक गरेपछि उनीहरु सम्पर्कमा आउन थालेका हुन् ।
अन्य दुई जनालाई पनि सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । सोही जहाजमा चितवनका दिक्षा कंडेल र सुरेस गुरुङ पनि थिए । उनीहरु जिल्ला आए–नआएको बारे अनुसन्धान गर्ने काम भईरहेको प्रहरी उपरिक्षक नान्तिराज गुरुङले बताए ।