कोरोनाबाट भारतमा ६ जनाको मृत्यु, सीमा तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको कडा चेतावनी

काठमाडौं । भारतमा एकै दिनमा २ जनाको ज्यान गएपछि नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कडा चेतावनी दिएको छ । (डब्ल्यूएचओ)ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न भनेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो ।

भारतमा अहिलेसम्म ६ जनाको ज्यान गएको छ । नेपालसँग सीमा जोडिएको बिहार राज्यमा पनि एकजनाको ज्यान गएपछि नेपालमा खत्तरा देखिएको हो । कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाइएको हो ।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि डब्ल्यूएचओले आग्रह गरेको छ । पछिल्लो जानकारी अनुसार भारतमा ३४४ जना संक्रमित भएका छन् । यो संख्या लगातार बढीरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको