आइतबारदेखि चितवनका सुनचाँदी पसल बन्द

चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघको आज शनिबार बसेको पदाधिकारी बैठकबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले ल्याएको नीतिलाई समर्थन गर्दै सुनचाँदी व्यवसायी बन्द गर्ने निर्णय गरिएको महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले बताएका छन् ।
“चैत ९ गते देखि २१ गतेसम्म नेपाल सरकारले रोग नियन्त्रणका लागी अपनाएको बन्द अभियान र सम्पुर्ण व्यवसायीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले ल्याएको नीति र कार्यक्रमलाई साथ र समर्थन गर्ने निर्णय भएको” महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले बताएका छन् । त्यस्तै उपाध्यक्ष रसाईलीले दैनिक दरभाउ र सुन सिफारिस भने निरन्तर रहने जानकारी दिएका छन् ।
“कोरोना भाइरसको सन्त्रासको कारण नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले समेत सरकारी नीतिलाई स्वीकार गर्ने पक्षमा रहेको” नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्माले बताएका छन् । केही दिनका लागी व्यवसाय बन्द गर्ने की नगर्ने भन्ने विषयमा उधोग वाणिज्य संघ चितवनको निर्णयलाई पर्खिएको संघका अध्यक्ष विश्वकर्माले बताए ।
“विश्व नै कोरोना भाइरसका कारण आक्रान्त भएको बेला अब संघले व्यवसायीको हकहितको लागी उचित निर्णय लिनुपर्ने ” सुनचाँदी व्यवसायी मनोजराज श्रेष्ठले बताएका छन् ।
” कोरोना भाइरसको रोकथामका विधिलाई अनिवार्य रूपमा पालना गर्दै नेपाल सरकारले ल्याएको नीतिलाई सफल पार्न सर्वप्रथम चितवन जिल्लामा पनि व्यवसाय बन्द गरेर आफू पनि बाँचौ र अरूलाई पनि बचाउको धारणा विकास गर्नुपर्ने” युवा सुनचाँदी व्यवसायी अमिर सुनारले बताएका छन् । यो समय भनेको जटिल समय रहेकोले समस्या कतिखेर आइपुग्छ कसैलाई थाहा नहुने भएकाले पनि नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले यस विषयमा गम्भिर भएर सोच्नुपर्ने बेला आएको सुनारले बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको