कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुँदै

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने छ  ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनुहुनेछ ।कन्फरेन्समा नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिनभुयो ।

चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो। अहिले चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरिरहेको छ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको