कपिलवस्तु । भारतसंगसंगै नेपालसंग सीमा जोडिएको उत्तरप्रदेशमा पनि कोरना आतंक मच्चिएको छ । नेपालसंग सीमा जोडिएको उत्तर प्रदेशमा २१ बिमारी फेला परेका छन् ।
जुन भारतमा कोरना फैलिने राज्यमध्ये तेस्रो नम्वरमा परेको छ । उत्तर प्रदेशमा कोरना फैलिएपछि नेपालभित्र छिर्न सक्ने संभावना समेत बढेको छ । नेपाल–भारत खुला सीमा भएको र वैवाहिक सम्वन्ध तथा आवत जावत चल्ने हुँदा सीमा पारी जाँदा सर्तक हुनुपर्ने देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको वेभसाईट अनुसार भारत गरी १४८ कोरेना संक्रमण बिरामी फेला परेका छन् । जसमध्ये १४ जना निको भई डिस्चार्ज भएका छन् ।
भारतमा मर्नेको संख्या ३ पुगेको छ । उत्तरप्रदेशमा ५ जना निको भई घर फर्किएका छन् । १५ जना स्थानीय र १ जना बाहिरबाट आएका व्याक्तिलाई कोरनाको संक्रमण भएको मन्त्रालयले जनाएको छ । भारतमा सबैभन्दा बढी संक्रमण माहाराष्ट्रमा रहेको छ ।