
चितवन । कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ । कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ ।
विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।
कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३/३ जनाको मृत्यु भएको छ ।
अहिलेस्म ३१ सय ६९ जनाको चीनमा मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ ।