कोरोना भाइरस विश्वव्यापी महामारी भएको विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसको घोषणा

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएर विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले  पत्रकार सम्मेलन गरी यसलाई विश्वव्यापी महामारी भनेको छ।

हाल कोरोना भाइरसले विश्वका १३० भन्दा धेरै देश प्रभावित भएपछि डब्ल्यूएचओले यसलाई विश्वव्यापी महामारी भनेको छ। उसले यो घोषणा गरेसँगै विश्वभर नै यसबाट बच्न सबै देशहरुलाई आवश्यक तयारी गर्न भनेको छ।

च्यूरिजमा संगठनको पत्रकार सम्मेलनमा चीनमा यो भाइरसको महामारीविरुद्ध भइरहेको लडाईँको सहराना गरिएको थियो। यस्तै इटाली र इरानमा देखिएको महामारीको अवस्थाबारे चिन्ता प्रकट गरिएको छ।

संगठनका प्रमुख डा टेड्रोस अदनोम घेबियसले चीनभन्दा बाहिर पछिल्लो दुई हप्तामा कोरोना भाइरसका घटना १३ प्रतिशतले बढेको बताए। उनले तर, विश्वभरका देशहरु यो भाइरसविरुद्ध लडिरहेको भन्दै सन्तोष व्यक्त गरे। उनले हरेक देशले आफ्ना नागरिकलाई नआत्ति भन्नुपर्ने र उनीहरुको रक्षा गर्न लाग्ने भन्दै आफूहरुको पनि सहयोग रहने बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको