भारतका मुकेश अम्बानीलाई पछि पार्दै चीनका ज्याक मा बने एसियाका सबभन्दा धनी व्यक्ति

काठमाडाैं। भारतका शीर्ष उद्योगपति मुकेश अम्बानी अब एसियाका सबभन्दा धनी मानिस रहेनन् । विश्वमा तेलको मूल्यमा गिरावट आएपछि अम्बानीलाई चीनका ज्याक माले पछारेका छन् ।

कोरोना भाइरस फैलिएसँगै संसारमा आर्थिक मन्दीको डर बढेर गएको छ । त्यसैक्रममा सोमवार अम्बानीको ५.८ अर्ब डलर गुमेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, त्यति धेरै पैसा गुमेपछि अम्बानी दोस्रो स्थानमा झरेका हुन् । अलीबाबा ग्रूप होल्डिङ लिमिटेडका संस्थापक ज्याक माले सन् २०१८ को मध्यतिर सर्वाधिक धनी एसियनको उपाधि गुमाएकोमा अहिले ४४.५ अर्ब डलर सम्पत्तिका साथ उनी पहिलो स्थानमा उक्लेका छन् । उनीसँग अम्बानीभन्दा २.६ अर्ब डलर बढी सम्पत्ति छ ।

कोरोनाभाइरसले अलीबाबाको व्यापारलाई केही प्रभावित पारेको भए पनि उसको क्लाउड कम्प्युटिङ सर्भिस र मोबाइल यापको माग बढिरहेकाले कम क्षति भएको छ ।

तर अम्बानीको रिलायन्स इन्डस्ट्रीजलाई यो सुविधा उपलब्ध छैन । रिलायन्सको शेयर सोमवार १२ प्रतिशतले घटेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको