
बेइजिङ । अन्तर्राष्ट्रिय/प्रबासकोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा गरी ३२ सय मानिसको ज्यान गएको छ ।
९२ हजार ८ सय ६२ जनामा संक्रमण पुष्टि भएको अमेरिकी समाचार एजेन्सी सीएनएनले जनाएको छ। चीनबाहेक अन्य मुलुकमा दुई सय १९ को मृत्यु भएको छ।
अहिलेसम्म भाइरस संक्रमण ७० मुलुकमा फैलिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएकाे छ ।अन्तर्राष्ट्रिय/प्रबास
चीनमा मंगलबार ३८ जनाको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। योसहित चीनमा मृत्यु हुनेको संख्या २९८१ पुगेको छ। मंगलबार हुवेईमा ३७ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य आयोगका अनुसार चीनमा मात्र ८० हजार दुई सय ७० मानिसलाई संक्रमण भएको छ। ४९ हजार ८ सय ५६ जना भने उपचारपछि घर फर्किएका छन्।
कहाँ कतिको मृत्यु
चीन : २९८१
इटाली : ७९
इरान : ७७
दक्षिण कोरिया : ३२
जापान : १२
संयुक्त राज्य अमेरिका : ९
फ्रान्स : ४
हङकङ : २
ताइवान : १
अस्ट्रेलिया : १
थाइल्यान्ड : १
फिलिपिन्स : १