
काठमाडौं । चीन तर्फको नाका खोल्ने विषयमा उच्चस्तरीय बैठक बस्ने भएको छ। कोरोना भाइरस संक्रमणपछि नेपाल चीनबीचको दुई वटै व्यापारिक नाका बन्द छ।
कोरोना भाइरसको संक्रमणपछि केरुङ र तातोपानी नाका बन्द भएको एक महिना भएको छ। अर्थ, स्वास्थ्य, गृह र बाणिज्य सचिवको आज सोमबार बस्ने संयुक्त बैठकले नाका खोल्ने/नखोल्ने बारे निर्णय गर्नेछ।
दुबैतर्फको नाकामा क्वारेन्टाइन राम्रो नभएकाले नाका खोल्न अझै सहज भने छैन। यो दुबै नाका बन्द हुँदा चीनबाट आउने सबै सामान ठप्प छ। चीनबाट केही कृषि वस्तु, औद्योगिक कच्चा पदार्थ, तयारी पोशाक, जुत्ता चप्पल, विद्यतीय सामाग्री, सौन्दर्य प्रशाधन लगायतका सामान आउने गर्छ।