चितवनका आकाश बञ्जाराद्वारा हङकङमा निशुल्क मास्क वितरण

शिशिर सिंखडा, चितवन । हङकङमा व्यवसाय गर्दै आएका आकाश बञ्जाराले २० हजार ८ सय ५० थान मास्क निशुल्क वितरण गरेका छन् । यतिबेला विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको बेला उनले हङकङमा निशुल्क मास्क वितरण गरेका हुन् । उनले मास्क निरन्तर बाँढने समेत बताए । अहिले हङकङमा मास्क समेत अभाव हुँदै आएको छ । नेपाली समाज तथा हङकङमा रहेका विभिन्न समुदायलाई उनले मास्क वितरण गरेका थिए ।

ह्याण्डीक्राफ्टको व्यवसाय गर्दै आएका बञ्जाराले हङकङमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान समेत सञ्चालन गर्दै आएका छन् । चितवनको कालिका नगरपालिका वडा नं. ६ रेडक्रसग्राम घर भएका बञ्जाराले यस अगाडि नेपालका दर्जनौ संघ संस्थाहरुमा विभिन्न सामाजिक सहयोगहरु गर्दै समेत आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको