काठमाडाैं । बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकाे कुवेतमा रहेकाे नेपाली दूतावासले पुष्टि गरेको छ ।
ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् ।
ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।
बालुवाकाे ढिस्काेले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतकाे जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचार पश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।