नेपाली दूतावासमा निवेदन दिएका १८० जना नेपालीकाे चीनबाट उद्धार गर्ने अन्तिम तयारी

काठमाडौं। रहस्यमयी कोरोना भाइरसको महामारी फैलिएको उत्तरी छिमेकी मुलुक चीनबाट नेपालीको उद्धार गर्न नेपाल सरकारले अन्तिम तयारी गरेको छ।

नेपाल फर्किन निवेदन दिएका चीनस्थित नेपालीलाई चिनियाँ दूतावासले बुधबार सन्देश पठाएको छ। बेइजिङस्थित नेपाली दूतावासमा १८० जना नेपालीले स्वदेश फर्किने निवेदन दिएको दूतावासले यसअघि जानकारी दिए पनि पछिल्लो पटक १८७ जनाले नेपाल फर्किन निवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासका अधिकारीको हवला दिँदै बीबीसी नेपाली सेवाले जनाएको छ।

आगामी शनिबारसम्म नेपालीहरुको उद्धार गरिने दूतावासले जनाएको निवेदकहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ।

कोरोना भाइसबाट सबैभन्दा धेरै प्रभावित चीनको हुवेई प्रान्तबाट नेपालीहरुको उद्धार गरिने नेपाल सरकारले बताएको छ।

तर विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड पूरा गर्नुपर्ने भएकाले उद्धारमा ढिलाइ भइरहेको छ। नेपाल सरकारले चीनबाट फर्काइएका हरुलाई क्वारेन्टाइनका लागि राखिने स्थानहरुको समेत छनोट गरिसकेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको