
पुनम गौतम, लिस्वन । चर्चित गायक राजेश पायल राई पोर्तुगल आउने हुनुभएको छ । एक विशेष कार्यक्रमका लागि गायक राई आउन लाग्नु भएको हो । किरँात राई समाज पोर्तुगलले फेबु्रअरी ९ तारिख आइतबारका दिन कार्यक्रमको आयोजना गर्ने भएको हो ।
राईलगायतका कलाकारहरुको प्रस्तुतिमा कन्सर्ट र सांस्कृतिक कार्यक्रम हुनेछ । विशेषत् नेपालीहरुलाई केन्द्रित गरी गर्न लागिएको कार्यक्रमले एकदिन भएता पनि कामको थकान भुलेर नेपालीहरु कार्यक्रममा झुल्ने आयोजकको अपेक्षा रहेको छ ।
पोर्तुगलमा विभिन्न कार्यक्रमहरु हुने भएता पनि प्रेम दिवसको संघारमा हुने हुनाले यो कार्यक्रम केहि विशेष हुनेछ । कार्यक्रम लिस्वनको काइस दो सुद्रे नजिकै रहेको टाईमआउटको हलमा हुनेछ । दिउंसो २ः०० बजेबाट शुरु हुने कार्यक्रममा पोर्तुगलमा रहेका संघ संस्था लगायत सम्पूर्णमा उपस्थिती भई कार्यक्रम सफल बनाईदिन र सोहि दिन अन्य दिन कार्यक्रम नजुधाई दिन समाजका अध्यक्ष राज राईले अनुरोध गर्नुभएको छ । कार्यक्रममा सहयोग स्वरुप प्रवेश शुल्क १५ युरो निर्धारण गरिएको छ ।
टिकट लिनका लागि लिस्वनमा राज राई (९२००२०१२०), श्रेया राई (९२००३८७९४), दीपक राई (९२००४९२२५), दीपेश राई (९२०२६३८१०), ज्याक्शन सेभेन (९२०४०१०७३) र भवीन राई (९२००४९२२५) संग सम्पर्क गर्न सकिने कुरा आयोजकले जानकारी गरेको छ ।
सयौ नेपाली चलचित्रका गीत गाइसकेका राईका दर्शन नमस्ते (भाग ४ सम्म) राई इज किङ, जदौं (भाग ३ सम्म), स्यामुना लगायतका गीति एल्बम रेकर्ड भएका छन् ।
उहांले जापानिज र भोजपुरी गीत पनि गाउनु भएको छ । देशमा मात्र नभै उहां विश्वभर नेपाली समुदायबीच स्टेज प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा व्यस्त भइरहने कलाकार हो । दुई दर्जन बढी राष्ट्रिय पुरष्कारहरुबाट पुरष्कृत गायक राई १९९२ देखि निरन्तर संगीत क्षेत्रमा लागि परिरहनु भएको छ ।