१३औँ सागको आज समापन: रंगशालामा टिकट नपाएका दर्शक र फोटाे पत्रकारलाई प्रहरीको लाठी

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद भइरहेको मुख्य स्थान दशरथ रंगशालामा फुटबल समर्थकहरु प्रहरीबाट कुटिएका छन् । आज नेपाल र भुटानबीच फुटबलको फाइनल खेल हुनुअघि फुटबल फ्यानहरुमाथि प्रहरीले लाठी वर्षाएको हो ।

आज पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानको खेलपछि सागको समापन समारोह हुँदैछ । त्यसैको टिकट लिन फ्यानहरु रंगशाला पुगेको भए पनि सबै टिकट बिक्री भइसकेको थियो । टिकट नपाएपछि फ्यानहरुले होहल्ला गरेका थिए । यहाँ भीडलाई हटाउने क्रममा प्रहरीले फ्यानलाई कुटेको हो । कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत प्रहरीले दुर्व्यवहार गरेको छ ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको