बझाङ केन्द्रविन्दु भएर ५‍.७ रेक्टर स्केलकाे भूकम्पकाे धक्का

सुर्खेत। नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुुुस गरिएको छ । सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा भूकम्पको धक्का महसुस भएको हो ।

मंगलबार साँझ सवा ७ बजे ठूलो भूकम्पको धक्का महसुस भएको हो । अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो ।

बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

भूकम्पको धक्काले जनजीवन त्रसित भएको जनाइको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको