नेपाल–चीन प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न, १७ बुँदे सम्झौता

काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधि मण्डल स्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श भएको थियो ।

दुई देशबीच विभिन्न परियोजनासहित १७ बुँदे सम्झौता भएको छ । क्रस बोर्डर कनेक्टिभीटीको लागि सम्भाव्यता अध्ययन गर्ने पनि सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बिहान होटल सोल्टीमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता र समझदारी पत्रमा आदानप्रदान गरिएको हो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट गरेका छन्।

प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी थिए भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी लगायत थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको