दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ समकक्षी सीलाई राष्ट्रपति भण्डारीद्वारा विमानस्थलमा स्वागत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ समकक्षी सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

चिनियाँ राष्ट्रपति सी सवार जहाजमै पुगेर राष्ट्रपति भण्डारीले स्वागत गरेकी छन् । सी ४ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि राष्ट्रपति सीलाई स्वागत गरेका छन् । राष्ट्रपति सी लाई विमानस्थलमै नेपाली सेनाले ‘गार्ड अफ अनर’ अर्पण गर्दैछ ।

आज नै शितलनिवासमा दुई देशका राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता हुनेछ । त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होटल सोल्टीमा राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् ।

आज साँझ ७ः३० मा होटल सोल्टीमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी को सम्मानमा राजकीय रात्रिभोज दिनेछिन् ।

सी भोलि दिउँसो १२ः३० बजे चीन फर्कनेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको