‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’

बीबीसी। संयुक्त राष्ट्रसंघ महासभामा ‘राइट टू रिप्लाई’ मार्फत दिइएको भारतको जवाफमाथि पाकिस्तानले पनि आफ्नो जवाफ दिएको छ। र, भारत कश्मिर मुद्दाबाट ध्यान अन्यत्र मोड्ने कोशिश गरिरहेको आरोप लगाएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्रसंघ महासभामा दिएको भाषणमाथि भारतले ‘राइट टू रिप्लाई’ मार्फत जबाफ दिएको थियो र उनले सबै कुरालाई झुठ भएको बताएको थियो।

पाकिस्तानका प्रतिनिधि जुल्करनैन चीनाले आइतबार यही विषयमा आफ्नो मुलुकको तर्फबाट जवाफ दिए र भने–प्रधानमन्त्री इमरान खानले विश्व सामु ‘भारतको वास्तविक क्रुर अनुहारलाई उजागर गर्नु भयो।’

उनले कश्मिरको विषय उल्लेख गर्दै भारतले आफ्नो जवाफमा ‘धरातलीय यथार्थबाट ध्यान हटाउने कोशिश’ गरेको आरोप लगाए।

उनले भने–भारतीय प्रतिनिधिले थाहा पाएरै कश्मिरको लकडाउनको विषय उठाएनन्। न उनीहरुले कश्मिरी जनताले पाएको दुखको कुरा गरे। जहाँ विगत ५३ दिनदेखि खाना र आवश्यक सामानको आपूर्तिको अभावमा बाँचिरहेका छन्।’

उनले प्रश्न गरे- म भारतीय प्रतिनिधिसँग सोध्न चाहन्छु की भारत सरकार कश्मिरी जनतालाई बाहिर आएर आफ्नो भावना व्यक्त गर्न किन दिँदैन? भारत यति भयभीत किन भएको हो? पाकिस्तानसँग लुकाउनलाई केही पनि छैन। भारतसँग संयुक्त राष्ट्र ह्यूमन राइट्स हाईकमिश्नरको रिपोर्टको निष्कर्षमाथि जवाफ दिने हिम्मत छ ?’

पाकिस्तानका प्रतिनिधिले भारत सरकार राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) को एजेण्डालाई अगाडि बढाउन जुटिरहेको आरोप लगाए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको