
जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।
अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ ।
फाउन्डेसनले परीक्षामा सामेल हुन चाहनेका लागि अनलाइन दरखास्त आह्वान गरिएको जनाएको छ । रोजगारीका लागि जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय काम गर्न काठमाडौँस्थित जापानी दूतावासले जापान फाउन्डेसनलाई नियुक्त गरेको छ ।
फाउन्डेसनले कात्तिक १०, ११ र १२ मा पहिलो चरणको भाषा परीक्षा हुने जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।