काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ ।
उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् ।सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ ।
गत वर्ष मोदी चीन गएका थिए ।मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दाबी छन् । स्रोतका अनुसार १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किनेछन् ।
सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग छलफल गर्नेछ ।
एक अधिकारीका अनुसार चिनियाँ पक्षले अहिले पनि राष्ट्रपतिको सुरक्षालाई बढी चासो दिएको छ ।