दुबई। नेपालको संविधान दिवशको उपलक्ष्यमा संयुक्त अरब इमिरेट्स (यूएइ)को अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डाको विद्युतिय प्रदर्शन भएको छ।
यूएईस्थित नेपाली दूतावासका अनुसार स्थानीय समय अनुसार राति ९ बजेर १० मिनेट जाँदा विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक नेपालको राष्ट्रिय झण्डाको डिजिटल प्रस्तुती गरिएको थियो।
यूएईको यो महत्वपूर्ण पर्यटकीय गन्तव्य हो।