जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।
दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए। जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।









