दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता: छात्रतर्फ विजय भवानी र छात्रातर्फ भद्रकाली प्रथम

गोरखा । गण्डकी गाउँपालिका भित्रका अन्तर मावि स्तरीय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा छात्रतर्फ विजय भवानी मकैसिङ प्रथम बन्न सफल भएको छ । छात्रातर्फचाहिँ भद्रकाली मावि भुम्लिचोक विजयी बनेको छ ।

छात्रतर्फको फुटबल प्रतियोगितामा ज्ञानमार्ग मावि घ्याल्चोकले दोस्रो स्थान हाँसिल गरेको छ । ताङ्लीचोक मावि तेस्रो बनेको पालिकाले जनाएको छ । त्यस्तै छात्रातर्फको प्रतियोगितामा रत्नेश्वर मावि दर्बुङ दोस्रो बनेको छ भने ज्ञानमार्ग मावि घ्याल्चोक तेस्रो बनेको छ ।प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश रु ३० हजार, १५ हजार र ७ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात प्राप्त गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले समापन समारोहका बीच उनीहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका विजय भवानी माविका प्रधानाध्यापक बिल चेपाङले जानकारी दिए । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको