काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ ।
आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्नेछ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । समूह बी बाट आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन् भने लगातार दुई खेल हारिसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ ।









