कालिका नगरपालिकामा आधारभुत तहका शिक्षकलाई बिषयगत क्षमता अभिवृद्धि तालिम संचालन

निर्मल धिताल, चितवन । कालिका नगरपालिकाले आधारभुत तहका (१-५)अङ्ग्रेजी, गणित र बिज्ञान बिषयका शिक्षकहरुलाई बिषयगत क्षमता अभिवृद्धि तालिम संचालन गरेको छ ।  आज कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो । तालिम ३ दिनसम्म संचालन हुने छ ।

कालिका नगरपालिका -६ स्थित श्री रेडक्रसग्राम मा.बि. मा सुरु भएको तालीममा विद्यार्थीहरुलाई कसरी सिकाउन सकिन्छ र आफ्नो क्षमता अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर प्रशिक्षण दिइने छ । कालिका नगरपालिकाले बिगत देखि नै शैक्षिक तालिमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको