चितवन । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिका-६, खोलेसिमलको दोश्रो रणनीतिक योजना कार्यशाला आज कबिलासमा सम्पन्न भएको छ । संस्थाले ५ बर्षसम्म गर्ने योजना र रणनीतिको बारेमा सो कार्यक्रममा समुहगत छलफल गरेको थियो ।
संस्थाको स्थिती बिश्लेषण गरि सबल पक्ष, कमजोर पक्ष, अबसर, चुनौती लगायतका बिभिन्न बिषयमा ७ वटा समुहमा छलफल तथा योजना बनाउने काम भएको थियो । सो २ दिने कार्यक्रमको हिजो (शुक्रबार) कालिका नगरपालिकाका मेयर बिनोद रेग्मीले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रमको अबसरमा मेयर रेग्मी, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय, बागमती प्रदेशका सचिब बलराम निरौला लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
सहकारी बिज्ञ केशव थापा र बाबुराम भुसालले २ दिने रणनीतिक कार्य योजना कार्यशालामा सहजीकरण गरेका थिए । सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहकार समिति, सबै उपसमिति, कार्यालयका प्रमुख, शाखा प्रमुख लगायत ५६ जनाको सहभागीता रहेको थियो ।
संस्थाले गत ६ बर्ष अगाडी पनि ३ दिने कार्यक्रमको आयोजना गरि सौराहामा ५ बर्षे प्रथम रणनीतिक कार्य योजना निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !