चितवन । शुक्रबार पछिल्लो तीन घन्टामा चितवनको शक्तिखोर र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको छ ।

मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण खयर खोला, लोडारी खोलालगायत रत्ननगर र आसपासका ससाना खोलामा आकस्मिक वहाव हुन सक्ने भएकाले राति १० बजेसम्म सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !