चितवन ।  चितवनमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा खैरहनी नगरपालिका ३ गोठश्वरका ३७ वर्षीय सुकलाल मोक्तान र ३४ वर्षीय दिपक घिसिङ तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनिहरुलाई साउन १७ गते खैरहनी नगरपालिका वडा नं ३ बुद्धशान्ति टोलबाट २ केजी लागुऔषधसहित प्रकाउ गरिएको हो ।

उनिहरु घिसिङ तामाङको घर पछाडी सँगै बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनिहरुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !